भारतीय पक्षले बनाएको ड्यामले १३ सय घरधुरी डुबानमा


११ फाल्गुन २०७५, शनिबार
badha photo 1 min GvZPM0X6c8

कैलाली, ११ फागुन । सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । भारतीय पक्षल सन्धिसम्झौताविपरीत सीमामा आफूखुसी ड्याम निर्माण गर्न थालेपछि यस क्षेको बस्ती डुबानको उच्च जोखिममा परेको छ ।

badha photo 1 min GvZPM0X6c8

भारतीय पक्षले कैलारी गाउँपालिकाको ३, ५ र ७ वडाको सीमामा ड्याम निर्माण गर्न थालेको हो ।
वर्षातमा डुबानमा परिरहने यो बस्ती नजिकै भारतीय पक्षले ड्याम निर्माण गर्दा झनै जोखिममा परेको कैलारी ३ का वडाध्यक्ष कैलाश चौधरीले बताए ।

उनले भने, ‘अब वर्षातमा करिब १३ सय घरधुरी डु्बानमा पने निश्चित छ ।’ अग्लो ठाउँमा पानी निकास हुने स्थानमै १२ फिट अग्लो माटोको ड्याम निर्माण गर्न थालिएको छ बस्ती डुबानको उच्च जोखिममा परेको उनले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७