रविन्द्रजीले साढे चार बजे भेटौं भन्नु भएको थियो तर, भेटै नहुने गरेर जानु भो : योगेश भट्टराई


१५ फाल्गुन २०७५, बुधबार
yogesh

काठमाडौं, १५ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी ताप्लेजुङ्गमा भएको डाइनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनाले अहिले देश–विदेशका नेपालीलाई दुखाएको छ ।

yogesh

जान पहिचानलाई मात्र होइन सर्वसाधरण नागरिकलाई समेत देशका यी होनाहार व्यक्तिहरुलाई छिनमै गुमाउनु पर्दाको पीडाले दुखाएको छ । अझ सँधै सँगैजसो हुने र एकै पार्टीमा रहेर जिम्मेवारी वहन गरिरहेकाले सँगैको साथी गुमाउनु पर्दाको पीडा शब्दमा वर्णन गर्न नसकिने हुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगश भट्टराईले यो दुर्घटनाले देशले होनहार व्यक्तिहरु गुमाएको बताएका छन् । उनले मन्त्री अधिकारीसँगको पछिल्लो भेटको बारेमा भनेका छन्, ‘उहाँहरु जानु भएको रहेछ, मलाई थाहै थिएन, हेलिकप्टर दुर्घटना भएपछि मात्र थाह भयो ।’

उनले थपे, ‘हिजो मात्र उहाँसँग भेट भएको थियो, काठमाडौं बाहिर जान्छु, ३ बजे आउँछु साँढे ४ मा भेटौं है भन्नु भएको थियो ।’ सो समयमा भेटभाटको लागि आफूले पनि सहमति जनाएको र योजना बनाएको उनले बताए । उनले भने, ‘साढे ४ बजे भेटौं भनेर समय दिनु भएका रविन्द्रजी, कहिले भेट नहुने गरी पो जानु भयो ।’

सांसद भट्टराईले बाहिर जान्छु भन्दा आफूले कहाँ जाने भन्ने विषयमा नसोधेको सुनाउँदै भने, ‘कहाँ जाँदै हुनुहुन्छ भन्ने मैले सोधिँन, ‘उता (ताप्लेजुङ) जानु भएको रहेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७