वर्षा शिवाकोटीलाई कसैले साथ नदिएपछि


३ चैत्र २०७५, आईतवार
barsha gunaso pic CiVSH0gwCo

काठमाडौं, ३ चैत । अभिनेत्री वर्षा शिवाकोटीले आफू सिने जगतमा मेहनत गरिरहेको भए पनि कसैले साथ नदिएको गुनासो गरेकी छन् ।

barsha gunaso pic CiVSH0gwCo

उनले आफ्नो समाचार प्रसार प्रसारमा सञ्चार माध्यम कञ्जुस्याई गर्ने गरेको भन्दै आक्रोश समेत पोखेकी छिन् । उनले, आफूमाथि सञ्चारमाध्यमले पक्षपात गरेको भन्दै दुखेसो व्यक्त गरेकी हुन् । अभिनेत्री शिवाकोटी अभिनित चलचित्र पुरानो बुलेट यसै साता प्रदर्शनमा आएको छ । आफ्नो चलचित्र प्रदर्शनमा आउँदा सञ्चारमाध्यमले साथ नदिएको उनको गुनासो छ ।

उनले, आफू सञ्चारकर्मीहरुसँग भेटेको बेला बोलिरहेको भन्दै अरु के गर्नुपर्ने हो भनेर समेत प्रश्न तेस्र्याएकी छिन् । अभिनेत्री शिवाकोटीले सञ्चारमाध्यमले कुनै कलाकारलाई च्याप्ने र कसैलाई फ्याँक्ने गरेको आरोप समेत लगाएकी छन् ।

barsa

उनले, कसैको यता फर्किए पनि समाचार, उता फर्किए पनि समाचार आएको भन्दै राम्रो चलचित्र निर्माण हँुदा पनि दर्शकको साथ पाउन नसकेको गुनासो गरेकी हुन् । उनले आफ्नो फेसबुकमा एउटा स्टाटस लेग्दै आफूलाई कसैले साथ नदिएको दुःख व्यक्र गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७