१ रुपैयाँमा किन्नुहोस् होलीको टीसर्ट


३ चैत्र २०७५, आईतवार
0 Shares
1552824764Reecharger 3 1

काठमाडौं, चैत ३ । मोबाइल एप रिचार्जरले होलीको अवसरमा १ रुपैयाँमा टीसर्ट उपलब्ध गराउने भएको छ।

ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टीसर्ट १ रुपैयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्मा रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्ने हुन्छ। १ रुपैंयामा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २०० क्यास व्याकको प्रयोग गर्नु पर्ने छ। अर्थात २०० क्यास व्याक सहित १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिने छ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै १०० क्यास व्याक पाउने रिचार्जरले जनाएको छ।

jagdamba.cement
rbbbb

रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास व्याक पाइने कम्पनीको भनाइ छ।क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिने छ।

यो एपको प्रयोगबाट सामान किन्नका साथै अरु विभिन्न किसिमका सेवाहरु पाउन सकिने जनाइएको छ।मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा डेढ दर्जन बैंकको इ बैंकिंग, इसेवा लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिने रिर्चाजरको भनाइ छ।

विभिन्न १० वाणिज्य बैंकहरुसँगको सहकार्यमा रिचार्जरले यस्तो अफर सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७