इयूको दूतावास लाजिम्पाटमा, उपराष्ट्रपतिले गरे उद्घाटन


४ चैत्र २०७५, सोमबार
0 Shares
Europe.svg

काठमाडौं, ४ चैत । युरोपेली सङ्घको प्रतिनिधिमण्डलको राजदूतावास लाजिम्पाटमा स्थायीरुपमा स्थानान्तरण भएको छ ।

Europe.svg

लैनचौरमा भाडाको भवनमा रहेको उक्त दूतावास डेनमार्कको पुरानो राजदूतावासमा स्थानान्तरण भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न नयाँ भवन परिसरमा आयोजित विशेष कार्यक्रममा दूतावासको उद्घाटन गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस अवसरमा नेपालको भ्रमणमा रहेकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी नायब प्रबन्ध निर्देशक पाउला पम्पालोनीले इयू र नेपालबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन इयू प्रतिबद्ध रहेको बताइन् ।

‘सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्ने सरकारको लक्ष्य हासिल गर्न इयूले सक्दो सहयोग गर्नेछ, नेपाल सरकारका विकासमा प्राथमिकतामा सघाउन हामी तत्पर छौं’, समावेशी आर्थिक विकास पनि नेपालका निम्ति उत्तिकै अपरिहार्य भएको बताउँदै उनले भनिन् ।

jagdamba.cement
rbbbb

नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडीले सामाजिक–आर्थिक रुपान्तरणको दिशामा अग्रसर भएको नेपाललाई व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका माध्यमबाट सघाउन सकिने प्रशस्त सम्भावना रहेको बताए ।

उद्घाटन समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी तथा नेपाल सरकारका वरिष्ठ अधिकारीको उपस्थिति थियो । यसैबीच, नायब प्रबन्ध निर्देशक पाउला पम्पालोनीले अर्थमन्त्री डा. युवराज खतिवडा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र परराष्ट्र सचिव शङ्करदास वैरागीसँग बेलाबेग्लै भेटवार्ता गरेका थिए । पछिल्ला समयमा युरोपेली सङ्घले नेपालको ग्रामीण विकास, शिक्षा, सुशासन प्रवर्धन तथा पुनर्निर्माणका निम्ति आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७