वीरगञ्जमा फोरम जितको नजिक, गणना बिथोल्ने कांग्रेसको प्रयास


१० आश्विन २०७४, मंगलवार
Upendra Yadav

पर्सा : स्थानीय तह तेस्रो चरणअन्तरगत प्रदेश २ को एउटा मात्रै महानगरपालिका वीरगञ्जमा मतगणना अन्तिमतिर पुगेको छ । ८४ हजार मध्ये ७३,०७२ मत गणना हुँदा संघीय समाजवादी फोरम, नेपालले अग्रता लिएको छ । कांग्रेसभन्दा १३०१ मतले अगाडी रहेको फोरम जितको नजिक पुगेको छ । अब वडा नं १६, १७ र १८ को मतगणना मात्रै बाँकी छ । यी वडाहरुमा फोरमका उमेदवार सरावगी बलियो रहेको फोरमको दाबी छ ।

Upendra Yadav

पछिल्लो नजिता अनुसार मेयरमा फोरमका उम्मेदवार विजय सरावगीले १६,८४१ मत पाएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीले १५,५४० मत पाएका छन् ।  त्यसैगरी प्रमुख पदमा १० हजार ८५ मत प्राप्त गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) को प्रमुख पदका प्रत्यासी राजेशमान सिंह तेस्रो स्थानमा पुगेका छन्। सतगणनाको सुरूवातमा अग्रता लिएका उनी क्रमशः पछि परेका हुन्।

नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ८ मतले चौथो  स्थानमा अघि रहेका छन् । उनले  ७ हजार ६ सय २१ मत ल्याएका छन् भने नेकपा एमालेका बसरुद्दीन अन्सारीले ७ हजार ६ सय १३ मत ल्याएका छन् । ७ हजार  १ सय १ मत प्राप्त गर्दै नेपाली लोकतान्त्रिक फोरमका विमल प्रसाद श्रीवास्तव छैठो स्थानमा रहेका छन्।

गणना बिथोल्ने कांग्रेसको प्रयास

कांग्रेस उमेदवार द्विवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको पटक पटक मत गणना बिथोल्ने प्रयास भएको छ । कर्मचारीले नै गणनामा गोलमाल गरिरहेको भन्दै कांग्रेसको अगुवाईमा अबरुद्ध भएको हो । निर्वाचन आयोगको निर्देशनपछि सोमबार बेलुकादेखि अबरुद्ध गणना सुचारु भएको वीरगन्जका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । तर,पनि द्विवेदीका कार्यकर्ताहरुले पटक पटक अबरोध गर्ने प्रयास गरेका थिए ।

हालसम्म प्रमुख अध्यक्षमा २४ स्थानमा जित हासिल गर्दै दुई नम्बर प्रदेशमा दोस्रो दल बनेको संघीय समाजवादी फोरम समग्रमा पाँचौं दलमा पुगेको छ । उसले उपप्रमुख र उपाध्यक्षमा २३, वडा अध्यक्ष १७४, खुल्ला वडा सदस्य ३६४, महिला सदस्य १९१ र दलित महिला सदस्यमा १८७ उमेदवार गरी ९६३ उमेदवार विजयी भएका हुन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७