कोशी व्यारेजमा फ्याँकिएकी रमिलाको शव बोरा भित्र हात खुट्टा बाँधिएको अवस्थामा भेटियो


१३ चैत्र २०७५, बुधबार
ramila dead body koshi

मोरङ(बेलबारी), १३ चैत । हत्या गरी कोशी व्यारेजमा फ्याँकिएकी २६ वर्षीया युवती रमिला राईको शव बोरामा हातखुट्टा बाँधिएको अवस्थामा कोशी व्यारेजमा भेटिएको छ । कोशी व्यारेजमा बुधवार भेटिएको शव मोरङ बेलबारी नगरपालिका वडा नं. ४ की रमिला राईको भएको परिवारले पुष्टी गरेको हो ।

फागुन १८ गतेदेखि हराइरहेको रमिलाको शव फेला परेपछि ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी टोलीसहित रमिलाका आफन्त कोशी व्यारेजमा पुगेका छन् । रमिलाको शवको उनको परिवारले पहिचान गरिसकेको छ ।

बोरा भित्र हातखुट्टा बाँधेर फालिएको अवस्थामा उनको शव फेला परेको छ । रमिलाको टाउकोमा चोट लागेको छ । उनको शरिरमा एउटा स्लाक्स् मात्र लगाएको अवस्थामा फेला परेको छ । बोरामा एउटा खैरो रंगको कोट, तन्ना र रमिलाको जामा फेला परेको छ ।

एक छोरीकी आमा समेत रहेकी रमिला पछिल्लो समयमा योगेन्द्र गुरुङको प्रेमिका रहेकी थिईन् । एक्कासी रमिला वेपत्ता भएपछि उनकै प्रेमी भनिएका योगेन्द्र गुरुङले गरेको स्वीकारेका थिए ।

रमिला फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको हो । तत्कालीन नेकपा एमालेका पूर्व बेलबारी अध्यक्ष गुरुङ रमिलासँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । गुरुङकी श्रीमती भने काठमाडौं बस्दै आएकी छन्

उनकै बयानको क्रममा रमिलाको हत्या गरि कोशी व्यारेजमा फालेको प्रहरीलाई दिएपछि त्यहाँ खोजी गर्नेक्रममा रमिलाको शव फेला परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७