चैत २२ गतेदेखि स्थगित एसईई परीक्षा, कुन विषयको परीक्षा कहिले ?


१८ चैत्र २०७५, सोमबार
SEE q7D919okSl

काठमाडौँ, १८ चैत । प्रदेश नम्बर २ मा स्थगित गरिएको एसईई परीक्षा चैत २२ गतेदेखि सुरु हुने भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत २२ देखि २९ गतेसम्म परीक्षा लिने निर्णय गरेको हो ।

SEE q7D919okSl

परीक्षा हुन अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२ को सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । लगातार पश्नपत्र बाहिरिएपछि विज्ञान, सामाजिक र स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा परीक्षा स्थगित भएको थियो ।

स्थगित गरिएको विषयहरूको परीक्षा चैत २२ गतेबाट लिने निर्णय गरेसँगै समय तालिका पनि सार्वजनिक गरेको छ । समय तालिका अनुसार चैत २२ गते विज्ञान विषयको परीक्षा हुने छ । त्यस्तै, २३ गते सामाजिक, २४ गते स्वास्थ्य तथा जनसङ्ख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरूको परीक्षा हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७