स्वास्थ्यको समायोजन सूचीमा त्रुटी नै त्रुटी, सच्याउने तयारीमा मन्त्रालय


२८ चैत्र २०७५, बिहीबार
swastha

काठमाडौं, २८ चैत । स्वास्थ्य क्षेत्रमा समायोजन भएका कर्मचारीहरुले असन्तुष्टि जनाइरहेका बेला समायोजन सूचीमै त्रुटीहरु फेला परेको छ ।

swastha

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको समायोजन सूचीमा त्रुटि नै त्रुटि देखिएको छ । मन्त्रालयले मंगलबार ४, ५ ६, र ७ औं तहको स्वास्थ्य सेवाका करिब २६ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको थियो ।

उक्त समायोजन सूचीमा पाँच प्रतिशतभन्दा बढीको समायोजन त्रुटिपूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन प्रमुख जनार्दन गुरागाईंले बताएका छन् । उनले भने, ‘समायोजन सूचीमा केही त्रुटि भएको छ, सामान्य र स्वास्थ्य मन्त्रालयबीच बसेर सच्याउने विषयमा छलफल भइरहेको छ ।’

प्रशासन प्रमुख गुरागाईंले सफ्टवेयरमा काम भइरहेकोले केही समस्या आएको र सच्याउने काम शुरु भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले समायोजनका सम्बन्धमा उजुरी गर्नुपर्ने भएमा स्वास्थ्य मन्त्रालयमा जानकारी गराई सामान्य प्रशासन मन्त्रालयमा उजुरी गर्न भनेको छ । उजुरीका लागि सामान्य प्रशासन मन्त्रालयसँग एक हप्ता थप समय माग गर्न लागिएको पनि गुरागाईंले जानकारी दिए ।

यस्ता भेटियो त्रुटी
समायोजन भएका कर्मचारीहरुको तहगत त्रुटि भएको छ । अर्थात् ४ तहको कर्मचारीलाई ५ औं तह, ५ औंलाई ७ तह भनी समायोजन भएर आएको छ ।

कर्णाली प्रदेशका व्यक्ति प्रदेश १ मा समायोजन भएको छ । समायोजन गर्दा स्थायी ठेगानाका आधारमा सोही प्रदेशमा समायोजन हुने भनिएको थियो । समायोजन फारम भर्दा नरोजेको स्थानमा कर्मचारीको सरुवा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७