लगनगाँठो कस्दै ‘इन्टु मिन्टु’ निर्देशक र निर्माता


२९ चैत्र २०७५, शुक्रबार
Renasha Bantawa Rai 1

काठमाडौं, २९ चैत । ‘मेरो एउटा साथी छ’ फिल्मका निर्माता प्रभु समशेर राणाका छोरा तथा ‘इन्टु मिन्टु लण्डनमा’ फिल्मका निर्माता प्रज्वल समशेर राणासँग यही फिल्मकी निर्देशक रेनशा वान्तवा राईले लगगाँठो कस्ने भएकी छन् ।

Renasha Bantawa Rai

उनीहरु लामो समयदेखि प्रेममा थिए । करीब एक दशक कोरियोग्राफीको अनुभव संगालेकी रेनशा ‘इन्टु मिन्टु…’ बाट फिल्म निर्देशनमा होमिएकी हुन् ।

उनी करीब ७र८ वर्षदेखि प्रज्वलको प्रेममा थिइन् । प्रज्वलका पिता प्रभुले बनाएको दशक अगाडिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ बाट उनले कोरियोग्राफी यात्रा थालनी गरेकी थिइन् । प्रज्वल र रेनशाले आउँदो बैशाख २४ गते अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै बाँच्ने र सँगै मर्ने कसम खाँदैछन् । केही दिनयता दुबै विवाहको तयारीमा जुटेका छन् ।

रेनशाले पछिल्लो पटक कोरियोग्राफी गरेको फिल्म ‘क्याप्टेन’ को ’कर्ली कर्ली कपाल’ बोलको गीत निकै चर्चित भएको थियो । अब बैबाहिक जीवनमा बाँधिएपछि उनी नयाँ फिल्म निर्देशन गर्दै्छिन् । प्रज्वलले निर्माण गर्न लागेको फिल्म ‘आई एम ट्वान्टिवान’ उनले निर्देशन गर्ने पक्का भइसकेको छ । यसमा ‘इन्टु मिन्टु…’ बाट सानदार डेब्यू गरेका अभिनेता धिरज मगर लिड रोलमा रहने छन् ।

योसँगै प्रज्वलले दशक अगाडिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल निर्माण गर्दैछन् । फिल्मलाई दिनेश राउतले निर्देशन गर्नेछन् ।

हाल उनी फिल्मको स्क्रिप्टमा तन(मन लगाएर बसेका छन् । सम्भवतः आउँदो वर्ष प्रज्वल निर्मित दुई फिल्म प्रदर्शनमा आउनेछन् । दुबै फिल्म ‘आइकोर फिल्मस’ को ब्यानरमा निर्माण हुनेछ । ‘आई एम…’ पनि अहिले स्क्रिप्टमा काम भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७