गगन थापा हावर्ड विश्वविद्यालयको पढाइ सकेर फिर्ता


३० चैत्र २०७५, शनिबार
gagan thapa study 20190329074913

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका नेता अमेरिकास्थित हावर्ड विश्वविद्यालयको पढाइ सकेर स्वदेश फर्किएका छन् ।

gagan thapa study 20190329074913

अमेरिकास्थित विश्वविख्यात हार्वड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशिप एण्ड पब्लिक पोलिसी फर द ट्वान्टी फस्ट सेन्चुरी’ कोर्सका लागि उनी अमेरिका आएका थिए ।

नेपाल फर्किनुअघि थापाले जवान रहनका लागि अध्ययन गर्नुपर्ने बताएका थिए । उनले श्रीमती अञ्जना केसीको प्रेरणाले राजनीतिक क्रियाकलाप पन्छाएर स्कुले जीवन शैलीमै अध्ययन गर्न उर्जा मिलेको बताएका छन् ।

अमेरिका रहँदा उनले दैनिक करिब १० घण्टा अध्ययन गरेको बताएका छन् । उनी भन्छन्, ‘मैले यस अध्ययनका क्रममा एक जना पूर्व प्रधामन्त्री समेत रहेका व्यक्तित्वलाई भेटें, उहाँलाई भेटेपछि अझै पक्का भएँ पढ्ने समय सकिँदैन, हामी अध्ययनशील हुनुपर्छ, अध्ययन गर्ने बानीले सधैँ उर्जावान र सधैँ जवान राख्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७