गुणस्तर फेल भएको ५० हजार जोर जुत्ता खरिद गर्दै सेना


४ बैशाख २०७६, बुधबार
Nepali Army sena 20190129003714

काठमाडौं, ४ बैशाख : नेपाल प्रहरीमा २ हजार २ सय जोर डीएमएस बुट बुझाउन नसकेर कालोसूचीमा परेको कम्पनीका संचालक खिला केसीले सेनामा ४९ हजार ३ सय ७५ जोर जुत्ताको ठेक्का पाएका छन् ।

केसीको फुट केयर इण्डष्ट्रीजले सेनामा जुत्ता आपूर्तिको ठेक्का पाएको हो । यसअघि उनले अर्कै कम्पनीको नाममा नेपाल प्रहरीमा डीएमएस बुटको ठेक्का पाएकोमा समयमा बुझाउन नसकेपछि त्यो कम्पनी कालोसूचीमा परेको थियो ।

Nepali Army sena 20190129003714

म्यादथप गर्दा पनि उनको कम्पनीले आपूर्ति गर्न नसकेपछि प्रहरीले उनको कम्पनीलाई कालोसूचीमा राखेको थियो । अहिले सेनाबाट तिनै ठेकेदार केसीको फुटकेयरले ४९ हजार ३ सय ७५ जोर जुत्ता आपूर्तिको ठेक्का पाएको छ, त्यो पनि गुणस्तर टेष्टमा फेल भएको । गुणस्तरहीन जुत्ता सेनामा सेटिङ गरी उनले आपूर्ति गर्नलागेका हुन् ।

भारतको प्रख्यात गुणस्तर परीक्षण गर्ने संस्था एसजीएस र आइटीएसमा टेष्ट गर्दा फुटकेयरको जुत्ता गुणस्तर फेल भएको स्रोतको दाबी छ । आईटीएस र एसजीएस टेस्ट पास भएको रिपोर्ट पेश गर्ने कम्पनीहरुलाई चाहिं दर महंगो भएको भनी ठेक्का नदिई फुटकेयरको गुणस्तरहीन जुत्ता खरिदका लागि ठेक्का दिइएको छ ।

स्रोतका अनुसार, फुट केयर इण्डष्ट्रीज पाएको उक्त ठेक्का आईटीएस र एसजीएस रिपोर्ट अनिवार्यरुपमा पास हुनु पर्ने प्रावधान भएतापनि उल्लेखित टेस्ट रिपोर्ट फेल हुँदाहुदै मिलेमतोमा लगभग नौ करोडको बुटको ठेक्का दिइएको छ ।

सेनाको खरिद हेर्ने संभार रथीका जर्नेल रघु भण्डारी र स्वदेशका कर्णेल जीवन शर्माले ठेकेदार केसीसँग आकर्षक कमिसनको मोलमोलाइ गरी गुणस्तरहीन जुत्ता खरिद गर्नका लागि आसयपत्र जारी गरेका छन् । सेनापति पूर्णचन्द्र थापालाई समेत गुमराहमा पारी संभार रथी विभागले गुणस्तर र टेस्ट रिपोर्टलाई मतलब नै नगरी आर्थिक चलखेलमा ठेक्का दिने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्ः

सेनाले किन खरिद गर्यो गुणस्तरहीन बुट ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७