उपसचिव सञ्जेलमाथि ‘अख्तियार आतंक’ : भन्छन्, ‘भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुण्डिन्छु’


६ बैशाख २०७६, शुक्रबार
Prem Pd. Sanjel

काठमाडौं, ६ बैसाख । लेखा परीक्षणबाट टुंगिसकेको विषयबस्तुलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेललाई ३ दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

Prem Pd. Sanjel

कार्यालयमै उपस्थित नभएको अवस्थामा आधारभूत तलब बाहेक विभिन्न भत्ता लिएको आरोपमा अख्तियारले छानबिनका लागि उनलाई पत्र काटेको हो ।

‘भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुण्डिन्छु’
उपसचिव प्रेमप्रसाद सञ्जेलले भ्रष्टाचारी भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुण्डिने बताएका छन् । भ्रष्टाचारकोविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३ गते तीन दिनको म्याद दिएर बयानकालागि पत्र काटेपछि उनले बिहीबार पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७