आईपीएलमा कोलकाताविरुद्ध बेंग्लोरको रोमाञ्चक जीत


७ बैशाख २०७६, शनिबार
ipl

काठमाडौं, ७ बैसाख । इण्डियन प्रिमियर लिगको १२ औं संस्करण अन्तर्गत शुक्रबार भएको रोमाञ्चक खेलमा रोयल च्यालेञ्जसै बेंग्लोरले कोलकाता नाइटराइडर्सलाई १० रनले हराएको छ ।

कोलकाता नाइटराइडर्सका लागि नितीश राणा र आन्द्रे रसेलले विस्फोट पारी खेले पनि बेंग्लोरले दिएको २१४ रनको विशाल लक्ष्य भने पछ्याउन सकेनन् । २१४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनायो ।

ipl1

कोलकाताका लागि नितीश राणाले नटआउट ८५ रन बनाउँदै आन्द्रे रसेलले ६५ रन बनाए । आन्द्रे रसेलले मात्रै २५ बलमा ६५ रन बनाए । अन्तिमसम्म उनी टिकेको भए खेलको नतिजा नै अर्कै हुन सक्थ्यो । आउने बित्तिकै उनले छक्काको वर्षा गर्न थालेका थिए । उनले दुई चौका र ९ छक्का प्रहार गरे । बेंग्लोरका लागि डेल स्टेनले २ तथा नवदीप सैनी तथा मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।

ipl

त्यसभन्दा अघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २१३ रन बनाएको थियो । आरसीबीका कप्तान विराट कोहलीले विष्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ५८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा १०० रन बनाएका हुन् । यो विराटको आईपीएलमा पाँचौ शतक पनि हो ।

त्यस्तै आरसीबीका लागि मोइन अलीले मात्र २८ बलमा ६६ रनको योगदान दिए । उनले ५ चौका र ६ छक्का प्रहार गरे । कोलकाताका लागि ह्यारी गुर्ने, सुनिल नारायण, कुलदीप यादव र आन्द्रे रसेलले एक–एक विकेट लिए । जितसँगै आरसीबीले ९ खेलमा २ खेलमा जित हात पार्दै ४ अंक बनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७