सबैभन्दा ठूलो शब्दकोष ‘शब्दसागर’ का लेखक बसन्तकुमार शर्मा अब रहेनन्


७ बैशाख २०७६, शनिबार
basant

काठमाडौं, ७ बैसाख । वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको आज (शनिबार) निधन भएको छ । मुटुलगायतका विभिन्न रोगबाट थलिएका ९७ वर्षीय उनको कुमारीगालस्थित निवासमै निधन भएको हो ।

नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष खर्चिएका थिए ।

उनको जन्म विसं १९८४ को रामनवमीको दिन महारागञ्जमा भएको थियो । संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए ।

यस्तै महाभारतको गद्यमा उल्था पनि उनैले गरेका थिए । लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन गरेका उनी पशुपति क्याम्पस, रत्नराज्य क्याम्पस लगायतका शैक्षिक संस्थाको संस्थापक समेत हुन् ।

स्व. शर्माको श्रीमतीसहित चार छोरी र ४ छोरा छन् । उनको आजै हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७