भारतीय प्रधानमन्त्री मोदी जेल जाने !


८ बैशाख २०७६, आईतवार

काठमाडौं, ८ बैसाख । कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी जेल जान सक्ने दावी गरेका छन् । राफेल काण्डमा मोदी जेल जान सक्ने राहुलले बताएका छन् ।

हिन्दुस्तान टाइम्ससँग शुक्रबार सुरतमा कुराकानी गर्दै राहुलले भने, ‘हिन्दु पत्रिकामा राफेलसँग सम्बन्धित जुन दस्तावेज छापिएको छ, त्यसबाट स्पष्ट हुन्छ कि नरेन्द्र मोदीले भारतको नेगोशिएसन टिमलाई बाइपास गरेर राफेलको मोलमोलाइ सिधै द साल्ट कम्पनीसँग गरेका थिए । यिनै कागजातको आधारमा नरेन्द्र मोदी जेल जान सक्छन् ।’

narendra modi

राहुल अगाडि थप्छन्, ‘भारतको नेगोशिएसन टिमले भन्दै आएको छ कि हाम्रो वर्षौंको काम प्रधानमन्त्रीले बाइपास गरिदिए । बाइपास गर्नुमा कुनै न कुनै कारण त होला । एउटै कारण हुनसक्छ भ्रष्टाचार । मोदीले ति कागजातका बारेमा अझैसम्म केही बोलेका पनि छैनन् ।’

Rahul Gandhi

यदि तपाईं सत्तामा आएपछि यसको अनुसन्धान गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा राहुल भन्छन्, ‘देशको कानुनले आफ्नो काम गर्छ । रक्षा खरिद प्रणाली छ, त्यसको अवहेलना भयो । रक्षा मन्त्रीले यस सम्बन्धमा मलाई केही थाहा छैन भनेका छन् । रक्षा मन्त्रालयका अधिकारीले प्रधानमन्त्री आफैंले नेगोशिएसन गरेको भनेका छन् । यो एक अपराध हो ।’

राहुल गान्धीले कुराकानीको क्रममा जोड दिँदै भने, ‘फ्रान्सका राष्ट्रपतिले भनेका छन् कि नरेन्द्र मोदीले मसँग कुराकानी गर्दा राफेलको अफसेट कन्ट्रयाक्ट अनिल अम्बानीको कम्पनीलाई नै दिनुपर्छ । ५२६ करोडको राफेल जहाज १ हजार ६ सय करोड भन्दा बढी मूल्यमा खरिद हुँदैछ र त्यो भारतमा पनि बन्दैन । के यो व्यवहार राष्ट्रवादी हो ?’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७