दीपिकाको ‘लिप किस’ को भिडियो भाइरल


१० बैशाख २०७६, मंगलवार
6ff9447b3071e28290f29bbc8eaee39b

काठमाडौं, १० वैशाख । बलिउड नायिका दीपिका पादुकोण चलचित्र ‘छपक’ को छायांकनमा व्यस्त छिन् । मेग्ना गुल्जरको निर्देशनमा बनिरहेको यो चलचित्रमा दीपिकाले एसिडपीडित लक्ष्मी अग्रवालको भूमिका निर्वाह गर्र्दैिछन् ।

दीपिकाले यो चलचित्रलाई आफ्नो करिअरकै महत्वपूर्ण चलचित्र मानेकी छिन् । चलचित्रको छायांकनको क्रममा एक भिडियो लिक भएको छ । लिक भएको भिडियोमा दीपिकाले नायक विक्रान्त मैसीलाई किस गरिरहेकी छिन् । दीपिका र विक्रान्तले लिप किस गरेका छन् । निर्माण युनिटकै एक व्यक्तिले उक्त भिडियो सामाजिक संजालमा पोष्ट गरेपछि यो दृष्य बाहिरिएको हो ।

वास्तविक कथामा आधारित रहेर निर्माण हुन लागेको यो चलचित्रलाई लिएर दीपिका निकै सचेत छिन् । ‘यो भूमिका मेरो करिअरको लागि निकै महत्वपूर्ण छ । यो वास्तविक कथामा आधारित चलचित्र भएका कारण पनि राम्रो गर्नुपर्ने चुनौती मसँग छ’, उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७