आठौं राष्ट्रिय खेलकुद : करातेमा प्रहरी टिम च्याम्पियन


१० बैशाख २०७६, मंगलवार
karate

काठमाडौं,१० बैशाख । नेपाल प्रहरी क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ ।

दाङ तुलसीपुर स्थीत कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो ।

त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर प्रदेश २ स्वर्ण १ रजत र १ कांस्य पदकका साथ तृतीय स्थान हासिल ग¥यो ।

करातेको अन्तिम दिन मंगलबार सम्पन्न पुरुष कुमुते ६० केजी तौलसमूहमा नेपाल पुलिस क्लबका राजिव पुडासैनीले स्वर्ण पदक हात पारे । त्यस्तै प्रदेश नं ४ का राजकुमार रसाइलीले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जगतसिंह घानुक र एपीएफका मोहन कार्कीले कांस्य पदक हात पारे ।

प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७