राष्ट्रिय खेलकुदमा १३३ स्वर्णसहित आर्मी पहिलो, कस्काे कति पदक ?


११ बैशाख २०७६, बुधबार
8th national Game

बाँके, ११ बैसाख । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार बिहानसम्म नेपाल आर्मीले १३३ स्वर्ण पदक जित्दै अग्रस्थान बनाएको छ । आर्मीले ७४ रजत र ६३ काँस्य पदक प्राप्त गरेको छ ।

यसैगरी नेपाल प्रहरी ५९ स्वर्ण, ४५ रजत र ४४ काँस्य पदकसहित दोस्रो स्थानमा रहेको छ । सशस्त्र प्रहरी बल ५० स्वर्ण, ६८ रजत र ७३ काँस्यसहित तेस्रो स्थानमा रहेको छ ।
प्रदेश नम्बर ३ ले २२ स्वर्ण, २३ रजत र ३९ काँस्य पदक हात पारेको छ । गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४३ काँस्य पदक, प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ काँय पदक प्राप्त गरेको छ ।

प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ काँस्य पदक प्राप्त गरेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३४ काँस्य, प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० काँस्य, एलआरएनएले ५ स्वर्ण १ रजत र ५ काँस्य तथा कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत तथा १७ काँस्य पदक प्राप्त गरेको छ ।

प्रदेश ५ मा जारी ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बुधबार समापन हुँदैछ । नेपालगञ्ज रङ्गशालामा दिउँसो ३ बजे उपरास्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ ।
वैशाख ५ गते उद्घाटन भएको प्रतियोगिताका खेल भने चैत २७ देखि शुरु भएका थिए । बुधबार फुटबल, भलिबललगायतको फाइनल खेल हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७