मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते


११ बैशाख २०७६, बुधबार
Bus accident दुर्घटना 1


सुनसरी, ११ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा–६, घोपाली टोलमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१, झुम्काका २६ वर्षीय उमेश चौधरीको ज्यान गएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १२३६ नम्बरको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ५ प ५०३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यृ भएको हो । उपचारका लागि इनरुवा अस्पताल लगिएको चौधरीको त्यही मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर गाईघाट नगरपालिका–१३, पुरानो बजारका २० वर्षीय सङ्गम राई घाइते भएका छन् । उनको हाल विराटनगरमा उपचार भइरहेको छ । ट्रक र त्यसका चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७