क्याप्टेन विजय लामामाथिको कारबाही : यस कारण प्रतिशोधपूर्ण


१६ बैशाख २०७६, सोमबार
captain Bijay Lama

काठमाडौं, १६ वैशाख : गत १९ चैत २०७५ । राती ९ः१५ बजेको नेपाल वायु सेवा निगमको बाइड बडी विमानको निर्धारित उडान अकस्मात रद्द गरियो । काठमाडौंबाट राती ९ः१५ दुबई उडान भर्नुपर्ने विमानले बेलुकी ७ बजेदेखि नै विमान ह्यांगरबाट ‘पार्किङ वे’मा ल्याउने अनुमति मागेको थियो ।

काठमाडौंबाट राती ९ः१५ दुबई उडान भर्नुपर्ने विमानले बेलुकी ७ बजेदेखि नै विमान ह्यांगरबाट ‘पार्किङ वे’मा ल्याउने अनुमति मागेको थियो । तर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले ८ः३५ बजे मात्र विमानलाई पार्किङ वेमा ल्याउने अनुमति दियो । यात्रुहरु साढे ६ बजेदेखि नै विमानस्थलमा थिए ।

ढिलो गरि ‘पार्किङ वे’मा ल्याउने अनुमति दिइएका कारण निर्धारित समय ९ः१५ बजे विमान उड्न सकेन । यात्रुहरु ९ः३५ बजे मात्र विमानमा बसे । ९ः३७ मा विमानमा इन्धन राखियो । ९ः४५ मा इञ्जिनियरिङ टिमले उडानका लागि अनुमति दियो ।

९ः४७ मा विमानका सबै ढोका बन्द गरिए । र, पाइलटले एटीसीसँग उडान अनुमति मागे । तर, एटीसीले पर्खन भन्यो । ड्रागन एयर ९ः५७ मा उड्यो । १० बजेदेखि विमानस्थल बन्द हुने भएको नियम देखाउदैं कन्ट्रोल टावरले उडान अनुमति दिन नसकिने जनायो ।

निगमका अनुसार, विमान चालकले पटकपटक उडान भर्न दिन आग्रह गरेता पनि विमानस्थल कर्मचारीले वेवास्ता गरे । चार मिनेट मात्रै समय दिएको भए नेपाल वायु सेवा निगमको बाइड बडी उड्ने थियो । नोटिस टू एयरमेन (नोटाम) भन्दै उड्न दिएन । विमानस्थलले उड्न रोक लगाउँदा चालक दलका सदस्य सहित २ सय ७४ यात्रु रातभरि विमानस्थलमै अलपत्र परेका थिए । उनीहरुले रातभर विद्रोह गरेका थिए ।

विमानस्थलले नीजि जहाजलाई पनि नोटाम जारी भइसकेपछि हङकङ उड्न दिएको थियो । विमानस्थलले २०७५ चैत महिनामा फ्लाई दुबई, सिल्क एयरलाई नोटाम उल्लंघन गर्दै उड्न अनुमति दियो ।

यो घटनापछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको उडान रद्द भएको विषयमा गम्भीर चासो व्यक्त गरेपछि छानबिन समिती गठन गरियो । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिती गठन गरिएको थियो ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले समितिमा निगमका निर्देशक ईञ्जिनियर राजेश श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक बिक्रम गौतम र वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी थिए । समितिले छानविन गरेर कारबाही समेत गरिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका ४ र नेपाल वायुसेवा निगमका २ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरिएको थियो । कारबाहीमा भुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख रामकुमार क्षेत्री निकटका परेका थिए ।

किन तानिए विजय लामा ?
क्याप्टेन विजय लामा पाइलट मात्रै थिएनन् । नेपाल वायु सेवा निगमका प्रवक्ता समेत थिए । नेपाल वायु सेवा निगममाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विभेदपूर्ण काम गरेपछि उनले त्यस बिरुद्ध अभिव्यक्ति दिनु स्वभाविक थियो । नेपाली ध्वजावाहक विमानलाई जस्तो व्यवहार गरे पनि हुन्छ भन्ने जस्तो देखिएको भन्दै उनले चुनौतीपूर्ण अभिव्यक्ति दिएका थिए ।

१९ चैतमा नोटाम लागू भएको भन्दै निगमको विमान रोकेको विमानस्थल कार्यालयले २७ चैतमा फ्लाई दुबईलाई १०ः१७ मा उडान भर्न दिएको विषयमा छानबिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख रामकुमार क्षेत्री माथि छानबिन गर्न सिफारिस गरेको छ । यो घटनापछि प्रमुख क्षेत्री क्याप्टेन लामासँग रिसाएका थिए ।

लामाको कारण आफू अप्ठ्यारोमा परेको उनको बुझाई थियो । त्यही प्रतिशोधको कारण क्याप्टेन लामाले नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको थियो ।

निगममा ३२ वर्षदेखि कार्यरत लामा नवौं तहका वरिष्ठ क्याप्टेन लामालाई जसरी पनि हटाउने अभियानमा क्षेत्री जुटेका थिए । प्रमुख क्षेत्रीसँगै नीजि विमान कम्पनीहरुसँग सेटिङमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरु पनि लागेका थिए । उनीहरुले एउटा अन्तरवार्ताकै आधार बनाएर प्रवत्ताबाट हटाएका हुन् ।


क्षेत्री र प्राधिकरणका उच्चअधिकारीका प्रतिशोधका कारण अन्तत कारबाहीमा
सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटाउञ्जेलसम्म उनको पाइलट लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको थियो । प्राधिकरणको यस्तो निर्णय लगत्तै निगमले लामालाई प्रवत्ताबाट हटाएको छ । लामा ४ पुस २०७५ मा निगमको प्रवक्ता नियुक्त भएका थिए ।

लामाले उड्डयन सुरक्षामा गम्भीर असर पर्ने किसिमका अभिव्यक्ति दिएकाले प्रवक्ताको जिम्मेवारीबाट अलग नभएसम्मका लागि विमान उडाउन रोक लगाइने निर्णय गरिएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताएका थिए ।

९ वैशाखमा प्राधिकरणले लामालाई विभिन्न सञ्चार माध्यममा दिएका अभिव्यक्तिका आधारमा किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो। प्राधिकरणले लामाको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दैं यस्तो निर्णय गरेको थियो ।

लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरी प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र प्राधिकरणले नेपाल एयरलाइन्समा पठाएको थियो।

प्राधिकरणको निर्णयअनुसार नेपाल एयरलाइन्सले लामालाई प्रबक्ताको जिम्मेवारीबाट हटाएको थियो। प्राधिकरणले जिम्मेवारीबाट हटाएपछि उडान गर्न भने पाउने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७