सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा दाहाल


१६ बैशाख २०७६, सोमबार
Samir Dahal

काठमाडौं, बैशाख १६ । सिटिजन्स बैंक इन्टरनेसनलको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त भएका छन्।

दहाल हाल सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा कार्यसम्पादन गर्दै आएका थिए। उनी बैशाख २० गतेबाट लागू हुने गरी सो पदान नियुक्त भएका हुन्।

करिव १६ वर्ष अघि बैंकिङ्ग करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकर भएको बैंकले जनाएको छ।

६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा यस बैंकसंग आबद्ध भएका दाहाल यस अघि बैंकको भगिनी संस्था सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।

उनी हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्दैछन्। बैंकका देसभरि ८१ शाखा, ७६ वटा एटिएम र ९९ शाखा रहित बैंकिङ्ग एकाई छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७