नेपालको पहिलो कार्बन न्युट्रल एअरलाइन्स यति एअरलाइन्स


२० बैशाख २०७६, शुक्रबार
Mnemonic Carbon Neutrality Option 1
carbon logo

काठमाडौं,वैशाख २० । जलवायु तटस्थताको लागि संयुक्त राष्ट्र संघको ग्रिनिङ द ब्लु भन्ने अवधारणालाई आत्मसात गर्दै सन् २०१८ मा हरित गृह ग्याँस उत्सर्जनलाई घटाउनसफल हुने यति एअरलाइन्स नेपालको पहिलो र सम्भवतः दक्षिण एशियाकै पहिलो कार्बन न्युट्रल एअरलाइन्स भएको छ ।

एअरलाइन्सले संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडिपीद्वारा संचालित स्वतन्त्र कार्वन अडिट प्रक्रियामा सहभागी भई एअरलाइन्सको कुल कार्वन उत्सर्जनको गणना गरी त्यसलाई घटाउन र अफसेट गर्न योजना बनाएको हो।

स्वतन्त्र कार्वन अडिटका अनुसार यति एअरलाइन्स्ले सन् २०१८ मा आफ्नो सम्पूर्ण उडानहरु, वाहनहरु र अन्य साधनहरु समेतबाट १९,६६५ टन बराबर कार्वनडाईअक्साइड उत्सर्जन गरेको थियो ।

यस उत्सर्जनबाट लगभग ३,२५,१६५ रुखहरु द्वारा दश वर्ष भन्दा बढी सम्मको कार्वनको मात्रा बराबर अनुक्रमित गर्दछ । सन् २०१७ र २०१८ को बीचमा कम इन्धन खपत हुने विमानको प्रयोग गरि प्रति उडान किलोमिटर २०५ घट्नुका साथै प्रति यात्री १२५ ले कार्बन उत्सर्जन घटेको थियो छ ।

यति एअरलाइन्सले जेटस्ट्रीम-४१ जहाजको सञ्चालन क्रमबद्ध रुपमा काम गर्दै एटिआर ७२(५०० जस्ता कम इन्धन खपत हुने विमानको सञ्चालन गरेर कम ग्याँस उत्सर्जन उत्पादन गर्न सफल भएको कम्पनीले दाबी गरेको छ।

जेटस्ट्रीम-४१ जहाजलाई क्रमशः हटाउँदै लैजाने निति यतिको छ । साथसाथै ग्याँस उत्सर्जनलाई कम गर्नका लागि कम्पनीले अपनाएका महत्वपूर्ण रणनितिहरुमा दक्ष उडान संञ्चालन गर्ने, ग्राउण्ड प्रक्रियाहरु सुधार्नका लागि विमानस्थल संरचनाहरुको पूर्वधारहरुको सुधार गर्ने, सार्वजनिक जागरुकता सृजना गर्ने र कर्मचारी प्रशिक्षण दिने जस्ता महत्वपूर्ण काम गरिरहेको छ।

यति एअरलाइन्स्ले विगतका वर्षहरुमा यति ग्रिन रि फरेष्टटाइजेसन प्रोजेक्ट, ग्रिन फार प्रोजेक्ट र एभरेष्ट क्लिन अफ क्यापिम्यन जस्ता विभिन्न पर्यावरणीय परियोजनाहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।

जसबाट संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी फ्रेमवर्क कन्भनेसन अन्तर्गत प्रमाणित कार्वन क्रेडिट खरीद गरी यति एअरलाइन्सले आफ्नो कम्पनीद्वारा उत्पादित ग्यास उत्सर्जनलाई अफसेट गरेको छ ।

यति एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईका अनुसार “नेपालमा सर्वाधिक ठुलो हवाई सञ्जालद्वारा सेवा सञ्चालन गर्दै आएको यति एअरलाइन्स आफ्नो ग्राहक सेवाको स्तर बढाउदै आफ्नो तर्फबाट वातावरण संरक्षण गर्न निरन्तर रुपमा काम गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७