काठमाडौं प्रदेशसभामा काँग्रेसको विजयी सुरुवात, ३ ‘क’ मा छिरिङ दोर्जे लामा विजयी


२३ मंसिर २०७४, शनिबार
chhiring dorje lama

काठमाडौं: काठमाडौंको प्रदेशसभामा नेपाली कांग्रेसले पनि खाता खोलेको छ । क्षेत्र नं. ३ को ‘क’ मा कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका हुन् । उनले छ हजार ४४८ मत ल्याएर विजयी भएका हुन्  । chhiring dorje lama
उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रुद्रबहादुर बराइलीले पाँच हजार ३३५ मत  प्राप्त गरेका छन् ।   काठमाडौँ क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत बाबुराम भट्टराईले  जानकारी दिए  ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का विशाल न्यौपानेले एक हजार ३०५ मत पाए ।  अहिले प्रदेश (ख(को मतगणना भइरहेको छ । प्रदेश ९ख०मा वाम गठबन्धन झिनो मतले अगाडि छ ।
वाम गठबन्धनका रामेश्वर फुयाँलले दुई हजार ५०७ मत प्राप्त गरेका छन्   छ भने उनलाई पछ्याउँदै काँग्रेसका विमल ठकुरीले दुई हजार ४४९ मत पाएका छन् ।  घण्टामा अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ ।

लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७