‘लभ डायरिज’ को प्रदर्शन मिति तय


३१ बैशाख २०७६, मंगलवार
bala2

काठमाडौं, ३१ बैशाख । चलचित्र ‘लभ डायरिज’ को निर्माण टिमले फस्टलुक पोष्टरसँगै प्रदर्शन मिति तय गरेको छ ।

चलचित्रको फस्टलुकमा नव–नायिका रुबिना थापासँग नायक सुशील श्रेष्ठ देखिएका छन् । टपलेस सुशीलको छात्तीमा टाउको राख्दै रुबिना रोमान्टिक देखिएकी छिन् । सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्र असोजको ३ गतेबाट रिलिज हुने भएको छ ।

चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको पनि मुख्य भूमिका छ । चलचित्रमा सुशील विदेशी मोजमस्तीमा रमाइलो गर्ने विग्रिएको यूवाको भूमिकामा छन् । चलचित्रले प्रेम र कमेडीलाई प्रस्तुत गरेको छ ।

विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रमा सरोज तुलाधर निर्माता छन् । साहिल खान एसोसिएट निर्देशक रहेको चलचित्रमा उनकै सम्पादन छ । संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ ।



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७