राजेन्द्र महतोले विमलेन्द्र निधिलाई हराए


२४ मंसिर २०७४, आईतवार
Rajendra mahatto

काठमाडौं : धनुषा ३ प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कांग्रेसका विमलेन्द्र निधिलाई हराउँदै विजयी भएका छन् । उनले निधिलाई २ हजार ९ सय १४ मतान्तारले हराए । Rajendra mahatto
महत्तोले ३०७४२ मत ल्याए भने निधिले २७ हजार ८ सय २८ मत पाएका छन् । माओवादीका रामसिंहले २ हजार ३४६ मत पाए ।
निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले महतोलाई विजयी भएको प्रमाणपत्र दिएका छन् । चर्चित यो क्षेत्रमा महतो र कांग्रेस नेता विमलेन्द्र निधि लडेका थिए । वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए । तर, उनी प्रतिस्पर्धामा नै आएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७