किनी हाल्नुस् सुन-चाँदी, घट्यो भाउ


५ जेष्ठ २०७६, आईतवार
gold 1 1

काठमाडौं, ५ जेठ । एक सातादेखि लगातारजसो आकाशिएको सुन चाँदीको भाउ घटेको छ । भाउ आकाशिएपछि सुन चाँदीका गहना बनाउन नसकिरहेकालाई भाउ घटेपछि भने राहत मिल्ने भएको छ ।

आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७