‘माया बस्छ कि के हो’ को घोषणासँगै चलचित्रको छायांकनको मिति तय


५ जेष्ठ २०७६, आईतवार
movie

काठमाडौं, ५ जेठ । जनकपुर मिडिया हाउस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माया बस्छ कि के हो’ को घोषणा भएको छ । शरद अधिकारीको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्नेछन् । चलचित्रको छायांकन असारको दोश्रो साताबाट शुरु हुनेछ ।

बहादुरसिंह तामाङ, कृष्ण गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन रविन्द्र बरालले गर्नेछन् । आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगति रहने यो चलचित्रको छायांकन बेलायतमा हुनेछ ।

चलचित्रमा सोनाल तामाङ, कस्मता निरौला, धु्रव दत्त, बेनी ढुंगानाको मुख्य भूमिका रहनेछ । चलचित्रका मुख्य सहायक निर्देशक दिपक अधिकारी हुन् । यो चलचित्रले युवापुस्ताको प्रेमलाई प्रस्तुत गर्ने निर्देशक अधिकारीले जानकारी दिए ।

निर्देशकका अनुसार चलचित्रको संवादले कलाकारको मनोवाद बोल्छ । नायक–नायिकामा नै माया बस्छ कि भन्ने सोच आउने भएकाले चलचित्रको नाम ‘माया बस्छ कि के हो’ राखिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७