गोर्खाज फाइनान्सको ‘गोर्खाज पेन्सन बचत खाता’ योजना


७ जेष्ठ २०७६, मंगलवार
gurkhas pension old

काठमाडौं, ७ जेठ । गोर्खाज फाइनान्स लिमिटेडले अवकाश प्राप्त गोर्खाहरुको लागी आकर्षक बचत योजना ‘गोर्खा पेन्सन बचत खाता’ ल्याएको छ ।

यस बचत खाता मार्फत अवकाश प्राप्त गोर्खाहरुले आफ्नो पेन्सन प्राप्त गर्ने छन् । यस खातामा आकर्षक ब्याजदर ८.५% प्रतिशत रहेको छ । उक्त खाता खोले बापत बिभिन्न आकर्षक सेवाहरु फाइनान्सले उपलब्ध गराउनेछ । गोर्खाज फाइनान्स लिमिटेडको खातामा पेन्सन आए पछि रु १५ लाख सम्म विना धितो कर्जाको पनि व्यवस्था रहेको छ । यो बचत खाता बहालवाला गोर्खाहरुले पनि खोल्न सक्ने छन् ।

यस खाता खोले बापत निशुल्क डेबिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, तथा चेकबुक र स्टेटमेन्ट जस्ता सेवा तथा सुबिधाहरु उपलब्ध गराएको छ । यस खातामा रु ३ लाख सम्मको निक्षेपमा बिमाको ब्याबस्था रहेको छ । आई. पि. एस. , सि-आस्वा जस्ता सेवा तथा आफूले चाहिएजति रकम झिक्न र राख्न सकिने ।

यो बचत खाता योजना फाइनान्सको २३ वटै शाखामा उपलब्ध छ । गोर्खाज फाइनान्स लिमिटेडको हाल सातै वटा प्रदेशमा आफ्नो शाखा सञ्जाल रहेको छ । फाइनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादि सिराहा, वनेपा, विरगञ्ज, नारायणगढ, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ्ग, नेपालगञ्ज, सुर्खेत, चौमाला कैलाली तथा काठमाडौं उपत्याका भित्र डिल्लीवजार, बौद्ध, गोंगबु, न्युरोड, भक्तपुर र सातदोबाटो गरि जम्मा २३ वटा शाखाहरु संचालनमा रहेको छ । निकट भबिष्यमा फाइनान्सले अरु आकर्षक योजनाहरु पनि ल्याउने जनाएको छ ।

गोर्खा फाइनान्सको खुद नाफा बढ्यो, अघिल्लो वर्षको भन्दा ५ करोड ८४ लाख बढी नाफा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७