‘रातो टीका निधारमा’ को छायांकन शुरु


१२ जेष्ठ २०७६, आईतवार
rato tika 1514374522

काठमाडौं, १२ जेठ । चलचित्र ‘रातो टीका निधारमा’ को छायांकन शुरु भएको छ । यो चलचित्रको शीर्ष गीतको छायांकन पूर्वी नेपालमा भइरहेको छ । चलचित्रका मुख्य कलाकारहरुको निधारमा रातो टीका र जमरा देखिएको छ ।

‘रातो टीका निधारमा टलक्क टल्कियो’ बोलको गीतलाई रिमिक्स् गरेर यो चलचित्रमा समावेश गरिएको छ । चलचित्रको शीर्ष गीतमा मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नव–नायक अंकित शर्मा, नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार बसुन्धरा भुषाल, लक्ष्मी गिरी, राजाराम पौडेल, वुद्धि तामाङ, अरुणा कार्की लगायतलाई फिचरिङ गरिएको छ ।

चलचित्र ‘रातो टीका निधारमा’ लाई अशोक शर्माले निर्देशन गरिरहेका छन् । पूर्वी नेपालमा नै यो चलचित्रको छायांकन हुनेछ । चलचित्रलाई दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । नायिका शाहले चलचित्रको कथावस्तु मन परेकाले नै काम गरेको बताएकी थिइन् । निर्देशक अशोक शर्मा ‘अल्लारे’ चलचित्रको हिट गीतको रिमिक्स्लाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७