ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम भेटियो


१२ जेष्ठ २०७६, आईतवार

ललितपुर, १२ जेठ । ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलको बसपार्कको पुलिस बिटको छेउमा बम राखिएको भेटिएको हो ।

बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ । फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन । बम राखिएका कारण अहिले लगनखेल बसपार्क खालि गराइँदैछ । प्रहरीले अहिले सर्वसाधारणलाई बम भन्दा १०० मिटर पर हटाइसकेको छ ।

अहिले सुरक्षाकर्मीले बम रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोली हटाउने तयारी गरेको छ ।

सुरक्षाकर्मीले बम रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोली हटाउने तयारी गरेको छ ।

घट्टेकुलो र सुकेधारा विस्फोटमा ३ जनाको मृत्यु, ६ घाइते
सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा र घट्टेकुलोमा भएको बम विस्फोटमा भएको छ । विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सुकेधारा र घट्टेकुलो दुबै स्थानमा घटनास्थलमा एक एक जना मृत भेटिएका छन् भने ओम अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । ओम अस्पतालमा मृत्यु हुने सुकेधारा विस्फोटका घाइते हुन् ।
ओम अस्पतालमा अरु ५ जनाको उपचार भइरहेको छ । घट्टेकुलो विस्फोटका घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७