‘सलमानसँग यो मेरो अन्तिम रोमान्स’


१४ जेष्ठ २०७६, मंगलवार
disha patani

काठमाडौं, १४ जेठ । नायिका दिशा पटानीले चलचित्र ‘भारत’ मा नायक सलमान खानसँग रोमान्स गर्दैछिन् । यो चलचित्रको प्रमुख पात्र त दिशा हैनन् तर, उनले केही दृष्यमा सलमानसँग रोमान्स गर्ने अवसर पाएकी छिन् । सलमान र उनले एक गीतमा रोमान्स पनि गरेका छन् ।

दिशाले एक अन्तरवार्तामा अब भने सलमानसँग रोमान्स गर्ने मौका नपाउने बताएकी छिन् । दिशा भन्छिन् ‘सलमान सर र मेरो उमेर अन्तर धेरै छ । तेसैले पनि हामी पुनः रोमान्स गर्छौ जस्तो मलाई लाग्दैन ।’ दिशाले भारतमा भने सलमानको उमेर २० बर्षदेखिको देखाइएको हुँदा उनीसँग रोमान्स गर्ने मौका पाएको बताइन् ।

दिशाले सलमानबाट धेरै कुराहरु सिक्ने मौका पाएको समेत बोलेकी छिन् । उनले भनेकी छिन् ‘उहाँ धेरै मिहिनेती हुनुहुन्छ । साँँँँँच्चीकै असल मान्छे पनि । उहाँबाट धेरै कुराहरु सिक्न पाएको छु ।’ यो चलचित्र जुन ५ बाट रिलिज हुँदैछ । चलचित्रमा नायिका कट्रिना कैफलाई सलमानको जोडीको रुपमा देख्न पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७