सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम लाइफ इन्स्योरेन्स बीच बैकास्योरेन्स सम्झौता


१४ जेष्ठ २०७६, मंगलवार
61584335 613842592458906 6187331737748504576 n QJMOYbZhs1

काठमाडौं,जेठ १४ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

61584335 613842592458906 6187331737748504576 n QJMOYbZhs1

यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बिमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवाहरु लिन सक्नेछन् ।

यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७