विद्यार्थी नेता पुन दुर्घटनामा गम्भिर घाइते, हेलिकप्टर काठमाडौं ल्याइयो


२४ मंसिर २०७४, आईतवार
Dipesh pun

काठमाडौँ : अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष दिपेश पुन दुर्घटनामा घाइते भएका छन् । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ का पुत्र पुन रोल्पाबाट काठमाडौं आउने क्रममा दुर्घटनमा परेका हुन् ।

Dipesh pun

रोल्पाको लिवाङबाट काठमाडौँ आउने क्रममा रोल्पाको सातदोबाटोमा उनको गाडी दुर्घटनामा परेको उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्ती मगरले बताए । नेता पुनको टाउकोमा चोट लागेको छ । उनीसँगै पत्रकार घर्ती मगर पनि सामान्य घाइते भएका छन् । घाइतेहरुलाई भालुवाङसम्म गाडीमा र त्यहाँबाट हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७