वामदेव नसुक्ने समुन्द्र र नरोकिने मिसन हो : योगेश भट्टराई


२५ मंसिर २०७४, सोमबार

काठमाडौं : नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले उपाध्यक्ष वामदेव गौतम कहिल्यै नसुक्ने समुन्द्र र कहिल्यै नरोकिने मिसन भएको बताएका छन् । उपाध्यक्ष गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

Bamdev Gautam 1

सचिव भट्टराईले लेखेका छन्, ‘वामदेब समुन्द्र हो, जो कहिल्यै सुक्दैन । अनि वामदेब मिसन हो, कहिल्यै रोकिदैन ।’ उपाध्यक्ष गौतम म वाम गठबन्धनको एउटा प्रमख सूत्राधार हुन् । तर, उनी पराजित भएपछि कार्यकर्ता र सुभेच्छुकहरुले चौतर्फी दुःख व्यक्त गरिरहेका छन् । गौतमले आफू पराजित भएपनि एमाले र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध नभएको उल्लेख गरेका छन् । गौतमले विज्ञप्ती मार्फत भनेका छन्, ‘जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाध प्यार र विश्वासले मलाई अत्यन्त उत्साहित बनाएको अनुभूति भइरहेको छ । यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु ।’

उपाध्यक्ष गौतमले आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा आफू सधैँ, उत्तिकै र अझ उर्जाका साथ लागि पर्ने उनको दृढता छ । उनले भनेका छन्, ‘एउटा कम्युनिष्ट पार्टीको जिम्मेवार नेताको हैसियतले आगामी दिनमा सामाजिक न्याय, समानाता र समुन्नतीको लागि मैले गर्नसक्ने धेरै काममा मेरो उत्साहपूर्ण सहभागिता रहनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७