विश्वकप फुटबल : अमेरिकाले बनायो एउटै खेलमा १३ गोलको कीर्तिमान


२९ जेष्ठ २०७६, बुधबार
ff

काठमाडौं, २९ जेठ । अमेरिका महिला फुटबल टिमले विश्वकप इतिहासकै सबैभन्दा एक पक्षीय खेलको नतिजा निकालेको छ । एसियाली टिम थाइल्याण्डलाई १३–० को भारी अन्तरले हराउँदै अमेरिकाले विश्वकपमा कीर्तिमान बनाएको हो ।

 

merlin

पुरुष होस् वा महिला विश्वकप, अहिलेसम्म कुनै पनि टिमले १३ गोल हान्न सकेका थिएन । अमेरिकालाई यो सफलता दिलाउनका लागि एलेक्स मोर्गानले पाँच गोल गरिन् । महिला फुटबल विश्व वरियताको शीर्ष स्थानमा रहेको अमेरिकाले दोस्रो हाफमा १० गोल गरेका थिए ।

समूह एफमा स्वीडेनले पनि पहिलो खेलमा जित निकालेको छ । यो जितले अमेरिकालाई गोल अन्तरमा ठूलो सहयोग पुगेको छ । स्वीडेनले चिलिलाई हराएको थियो । पहिलो हाफ गोलरहित बनेको खेलको अन्तिम १० मिनेटमा स्वीडेनले दुई गोल गरेको थियो । उसका लागि कोसोभारे अस्लानी र म्याडिलिन जानोगीले एक एक गोल गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७