ओलीले भने, ‘ कांग्रेस इतिहास बोकेको पार्टी हो, साथमा लिएर अघि बढ्छौं’


२५ मंसिर २०७४, सोमबार
oli 2

झापा : नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूहरु नेपाली कांग्रेस इतिहास बोकेको पार्टी भएको बताउँदै साथ लिएर अघि बढ्ने बताएका छन्। सोमबार निर्वाचित भएको प्रमाणपत्र लिन झापा पुगेका ओलीले चुनावका बेला जेसुकै भने पनि कांग्रेससँग आगामी दिनमा मिलेर अघि बढ्ने बताएको हो ।oli 2
‘चुनाव प्रचारका क्रममा जे–जे भनेपनि कांग्रेस इतिहास बोकेको पार्टी हो, सो पार्टीका नेताहरू मेरा व्यक्तिगत मित्र पनि छन्। हामीले मिलेर संघर्ष गरेका छौं,’ ओलीले भने, ‘यो नतिजापछि पनि हामी लोकतन्त्रका आधारभूत कुरामा कांग्रेससँग मिलेर जान्छौं।’
‘नयाँ सरकारले  वैज्ञानिक प्रविधिकाे उच्चत्तम प्रयाेग गर्छ’   
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा जिल्ला कमिटी झापाद्वारा मंगलबार स्थानीय रंगशालामा आयोजित विजय सभालाई सम्बोधन गर्दै अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताएका छन् ।
यसैगरी उनले लोकतान्त्रिक अभ्यासमा लोकतन्त्रप्रति सधैं प्रतिबद्ध रहने भन्दै नयाँ सरकारले जनताले खोजेको शान्ति सुरक्षा यथोचित ढंगले गर्ने बताए ।
उनले निर्वाचनको सेरोफेरोमा म्यादी प्रहरीले बम आक्रमणबाट ज्यान गुमाएकाप्रति उच्च सम्मान गर्दै यो ऐतिहासिक निर्वाचनले जनताको काम गर्ने प्रतिनिधिलाई मात्र पत्याएकाले शासन सञ्चालनमा जनताको सहभागिता रहने विश्वास दिलाए।
कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्कीले मुलुकमा प्रशस्त उद्योग सञ्चालन गरी वैदेशिक रोजगारमा जाने प्रवृत्तिलाई न्यूनीकरण गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७