आज वेष्ट इण्डिज र इङ्ल्याण्ड भिड्दै


३१ जेष्ठ २०७६, शुक्रबार
windiea
1146378227

काठमाडौं, ३१ जेठ । विश्वकप क्रिकेटमा आज आयोजक इङ्ल्याण्डले वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो जित निकालेको इङ्ल्याण्ड दोस्रो खेलमा भने पाकिस्तानसँग नराम्ररी पछारिएको थियो । पाकिस्तानसँग १४ रनले पराजित भएको इङ्ल्याण्ड तेस्रो खेलमा भने बंगलादेशलाई १०६ रनले पराजित गर्न सफल भएको थियो ।

वेष्ट इण्डिजले भने आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने अष्ट्रेलियासँग १५ रनले हारेको थियो । वेष्ट इन्डिजको तेस्रो खेलमा भने वर्षा बाधक बन्यो । खेल चलिरहेकै बेला पानी परेपछि वेष्ट इण्डिजले दक्षिण अफ्रिकासँग अंक बाँड्न बाध्य बनेको थियो ।

वेष्ट इण्डिजको टिममा ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल छन् ।

भने, इङ्ल्याण्डको टिममा इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन छन् । साउथह्याम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ः१५ मा खेल शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७