बेल्जियमका स्टार खेलाडी इडेन हजार्ड रियल मड्रिडमा प्रवेश


३१ जेष्ठ २०७६, शुक्रबार
aaa

काठमाडौं, ३१ जेठ । स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमका स्टार खेलाडी इडेन हजार्डलाई आफ्नो क्लबमा स्वागत गरेको छ ।

चेल्सीबाट रियल मड्रिडमा आएका हजार्डले पाँच वर्षका लागि सम्झौता गरेका छन् । गत साता नै हजार्ड रियल मड्रिडमा आउने टुंगो लागे पनि उनी मेडिकल टेष्टमा थिए । १५० मिलियन पाउण्ड खर्चर गरेर ल्याएका हजार्डलाई आफ्नो घरेलु मैदानमा करीब ५० हजार दर्शकको अघि रियल मड्रिडले भव्य स्वागत गरेको छ ।

मैदानमै उनको जर्सी सार्वजनिक गरिएको छ । क्लबमा अनुबन्धन भएसँगै हजार्डले रियल मड्रिडबाट खेल्ने आफ्नो सपना रहेको बताएका थिए । उनले भनेका छन्, ‘मेरो बच्चैदेखिको सपना थियो कि म रियल मड्रिडबाट फुटबल खेलुँ । म सुपरस्टार त होइन तर कोशिस गर्नेछु ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७