नेपाल विश्वको ७६ औं शान्तिपूर्ण देश, कुन देश कुन स्थानमा ? (सूचीसहित)


१ असार २०७६, आईतवार
gpi 2019

काठमाडौं, १ असार । नेपाल विश्वको ७६ औं शान्तिपूर्ण देश बन्न सफल भएको छ । विश्व शान्ति सूचकांक (ग्लोबल पिस इन्डेक्स) (जीपीआई) २०१९ अनुसार नेपाल गएको वर्षभन्दा आठ स्थानमाथि उक्लिएको हो ।

सन् २०१८ को प्रतिवेदनमा भने नेपाल ८४ औं स्थानमा रहेको थियो । अष्ट्रेलियाको थिंक ट्यांक इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले जारी गरेको प्रतिवेदन अनुसार, १६३ देशमध्ये नेपाल ७६ स्थानमा परेको हो ।

प्रतिवेदन अनुसार, सबैभन्दा शान्तिपूर्ण देशको सूचिको पहिलो नम्बरमा आइसल्याण्ड पर्न सफल भएको छ । त्यस्तै न्यूजिल्याण्ड, अष्ट्रिया, पोर्चुगल र डेनमार्क दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।

यो सूचीको अन्तिम अर्थात् १६३ औं स्थानमा दक्षिण एशियाली राष्ट्र अफगानिस्तान परेको छ । त्यस्तै सिरिया, दक्षिण सुडान, यमन र सुडान विश्वकै कम शान्तिपूर्ण देशको पुछारमा अटाएका छन् ।
१५ औं स्थानमा रहेको भुटान दक्षिण एसियाली राष्ट्रको पहिलो नम्बरमा परेको छ । त्यस्तै श्रीलंका ७२, बंगलादेश १०१, भारत १४१, पाकिस्तान १५३ औं स्थानमा छ ।

आईईपीले निम्न आधारमा शान्तिपूर्ण देशको सूचि सार्वजनिक गर्ने गरेको छ । सामाजिक सुरक्षा र सुरक्षाको स्तर, चलिरहेको घरेलु र अन्तर्रा्ष्ट्रिय संघर्षको सीमा र सैन्यकरणको अवस्थालाई मुख्य आधार मान्दै आएको छ ।
हेर्नुस् सूची

<iframe src=”https://drive.google.com/file/d/1DDmwtmFWQufB9AX_6ayOsKCRZ2GMZunG/preview” width=”640″ height=”480″></iframe>

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७