श्रद्धा गरीन् पलको तारिफ


१ असार २०७६, आईतवार
sharda

काठमाडौं, १ असार । कोलकत्तामा रहेर मोडलिङ गरिरहेकी मोडल श्रद्धा क्षेत्री चलचित्र ‘हृदयभरी’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी छिन् ।

भदौ २७ गतेलाई यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रमा आफ्नो भूमिका एकदमै राम्रो रहेको उनले सुनाइन् । यो चलचित्रमा उनी ‘मिस नेपाल’ को भूमिकामा छिन् । नायक पल शाहको जोडीको रुपमा देखिएकी छिन् । श्रद्धाले भनिन् ‘पलजीले काम गर्दा एकदमै समर्थन गर्ने, गाइड गर्ने, यसो गर उसो नगर भन्नुहुन्छ । उहाँ रोमान्टिक पनि हुनुहुन्छ ।

कोलकत्तामा बसेर नेपाली चलचित्रमा काम गर्दा गाह्रो नहुने उनको तर्क छ । उनले, आफूलाई नेपाली चलचित्रमा काम गरौं भनेर सोच आएको धेरै नभएको बताइन् । तर, नेपाली चलचित्रमा केही योगदान गरौ भन्ने सोच रहेको उनले सुनाइन् । आफ्नो भूमिकामा शतप्रतिशत विश्वास नभएसम्म काम गर्न नसकिने उनको तर्क छ । उनले, आगामी दिनमा पनि राम्रो प्रोजेक्टमा काम गर्ने इच्छा व्यक्त गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७