संसदमा को पहिला बोल्ने भन्दै गलफल्ती गरेर अमूल्य समय-स्रोत खेल फाल्नु शोभनीय भएन : डा. भट्टराई


३ असार २०७६, मंगलवार
baburam Bhattrai 1

काठमाडौं, ३ असार । समाजवादी पार्टीका नेता तथा पूव प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमा को पहिला बोल्ने भन्दै गलफती गरेर अमूल्य समय र स्रोत खेर फाल्नु शोभनीय नभएको टिप्पणी गरेका छन् ।

उनले संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस् भन्ने समेत कामना गरेका छन् । मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । 

‘संसदमा को पहिला बोल्ने भन्ने मुद्दामा गलफल्ती गरेर अमूल्य समय र स्रोत खेर फाल्नु शोभनीय भएन ! गुठी, लोकसेवा विज्ञापन, प्रेस काउन्सिल, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बजेट विनियोजनलगायत अनगिन्ती जनसरोकारका विषयमा छलफल गरेर समाधान खोज्ने थलो संसद गैरजिम्मेदार र निष्प्रभावी नबनोस् ।’

मंगलबार प्रतिनिधिसभा बैठक शुरु हुना साथ कांग्रेस सांसदहरु नाराबाजीमा उत्रिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्ने तयारी गरेपछि उनीहरु नाराबाजीमा उत्रिएका थिए ।

प्रतिपक्षी दलका नेतालाई पहिला बोल्न समय दिनुपर्ने उनीहरुको माग थियो । संसदमा कांग्रेस सभापति शेरबहादुर देउवा पहिला बोल्ने कि नेकपा अध्यक्ष एमव् प्रधानमन्त्री अगाडि बोल्ने भन्ने विषयमा विवाद भएपछि नाराबाजी चर्केको थियो ।

babu

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७