शिल्पाको समस्या ‘चलचित्र छान्न जान्दिनन्’


५ असार २०७६, बिहीबार
Shilpa Maskey

काठमाडौं, ५ असार । शिल्पा मास्के चलचित्र क्षेत्र राम्रैसँग वुझेकी नायिका हुन् । चलचित्रमा टिकटक र युट्युबमा भाइरल भएका व्यक्तिहरुलाई खेलाएर कलाकारिताको अपमान भएको भन्दै उनले दिएको बयान चर्चामा छ । नायिका शिल्पा मास्केको कुरा सुन्दा उनी चलचित्र क्षेत्रलाई राम्रोसँग वुझेकी छिन् भन्ने लाग्छ ।

शिल्पालाई चलचित्र हिट नहुँदा समस्या भएको छ । उनले अभिनय गरेका २ वटा चलचित्रले बक्स अफिसमा सफलता नपाउँदा उनी हिट हुन सकेकी छैनन् । उनलाई दर्शकले पनि नोटिस गरेका छैनन् । उनी अभिनित डेब्यू चलचित्र ‘दि ब्रेकअप’ र दोश्रो चलचित्र ‘कागजपत्र’ बक्स अफिसमा असफल भएको थियो ।

अहिले उनी अभिनित नयाँ चलचित्र ‘सानो मन’ रिलिजको तयारीमा छ । यो चलचित्रबाट उनी आशावादी छिन् । नायक आयुष्मान देशराज जोशीसँग पर्दा शेयर गरेकी शिल्पाका लागि यो चलचित्र चल्न आवश्यक छ ।

शिल्पा चलचित्र छान्न जान्दिनन् भन्ने चर्चा पनि चलचित्र क्षेत्रमा चल्ने गर्दछ । चलचित्र क्षेत्रमा चल्नका लागि ब्यानर, सहकलाकारदेखि धेरै कुरामा ध्यान दिन आवश्यक छ । शिल्पामा यो कुराकै समस्या देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७