सिद्धार्थ बैंकद्वारा कुष्ठरोग निवारण संघलाई आर्थिक सहयोग


११ असार २०७६, बुधबार
1561556230sbl 1

काठमाडौं, ११ असार । सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कुष्ठरोग निवारण संघलाई आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले ८० हजार ८ सय रुपैयाँ संघलाई प्रदान गरेको छ। संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यको शिक्षाका लागि उपयोग गर्ने जनाएको छ। आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउदै जाने योजना रहेको बैंकले जनाएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटिएम र १ हजार ३ सय भन्दा बढी पस मेसिनमार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७