घुससहित सिंचाइका उपसचिव र अधिकृत पक्राउ


१२ असार २०७६, बिहीबार

कञ्चनपुर, १२ असार । जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर ग्रीष्मा ठगुन्नालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चजनपुर कार्यालयले उनीहरुलाई २ लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै २ लाख रकम घुसवापत लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरुले कार्यालय परिसरभन्दा बाहिरबाट नियन्त्रणमा लिएको हो । अहिले अख्तियारको टोलीले मुचुल्का बनाउने काम गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७