‘भुल भुलैया’ को सिक्वेलमा कार्तिक आर्यन फाइनल


१८ असार २०७६, बुधबार
kartik aaryan

काठमाडौं, १८ असार । सफल मानिएका चलचित्रको सिक्वेल निर्माण गर्नु पछिल्लो समय ट्रेण्ड नै बनिसकेको छ । नयाँ नाम र नयाँ ब्यानरमा चलचित्र बनाउँदा चलचित्र चल्ने नचल्ने कुनै टुङ्गो नहुने र ठूलो लगानी सुरक्षित गर्न पनि चलचित्रको सक्वेल निर्माण गर्ने गरेको पाइन्छ ।

सफल बलिउड चलचित्र ‘भुल भुलैया’ को सिक्वेल बन्ने खबर केही समय पहिल्यै सार्वजनिक भएको हो । सिक्वेल निर्माणको खबरसँगै कलाकारको विषयलाई लिएर निकै चर्चा चलिरहेको थियो । यसै बीच चलचित्रका लागि नायक कार्तिक आर्यन पक्का भएको खबर बाहिरिएको छ ।

हालै चलचित्र ‘लभ आजकल २’ को छायाङ्कन पनि सक्काएका कार्तिक पछिल्लो समयका रुचाइएका र व्यस्त कलाकार हुन् । भुषणकुमारले निर्माण गर्ने चलचित्रको यति बेला धमाधम स्क्रिप्टको काम भइरहेको छ । साथमा चलचित्रको लागि अन्य कलाकार पनि फाइनल भइसकेका छन् । निर्माण पक्षले भने कार्तिक आर्यन बाहेक अरु कलाकारलाई सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७