नेपाली सेनालार्इ दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघीय पदक


२८ मंसिर २०७४, बिहीबार
nepal army

काठमाडौं : दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत संयुक्त राष्ट्रसंघीय पदक प्राप्त भएको छ ।nepal army रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्र्याङ्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गरेको ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले बिहिबार जनाएको छ ।

सन् १९५८ देखि नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना खटाउँदै आएको छ । हालसम्म ४२ वटा शान्ति स्थापना कार्यमा नेपाली सेना सहभागी भइसकेको छ भने अहिले पनि १४ वटा स्थानमा सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७