बाबुले जेठी छोरीलाई बलात्कार गर्दै बनाएको भिडियो कान्छी छोरीले देखेपछि


२६ असार २०७६, बिहीबार
Rape for nayapage

कञ्चनपुर, २६ असार । कञ्चनपुरमा आफ्नै बाबुबाट एक १४ वर्षीया छोरी बलात्कृत भएकी छिन् । पुनर्वास नगरपालिकाका ३९ वर्षीय बाबुले आफ्नै जेठी छोरीलाई बलात्कार गरेका हुन् ।

छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले देखेपछि बाबुको कर्तुत सार्वजनिक भएको हो । मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएकोे भिडियो कान्छी छोरीले मोबाइलमा देखेपछि आफूलाई बताएको आमाको भनाइ छ । उनले घटनाबारे छरछिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताएकी छन् ।

घरमै छोरीको बलात्कार गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताएका छन् । उनले पशुवत व्यवहार गर्नेमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन् ।

छोरीलाई बलात्कार गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ । घटनापछि दुबै जनालाई मेडिकल जाँचका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले जानकारी दिएका छन् । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै दुवैको मेडिकल चेकजाँच भइरहेकाले रिपोर्ट आएपछि कार्वाहीको प्रक्रिया अघि बढाइने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७