पहिरोले घर पुरिंदा भोजपुरमा एकै परिवारका तीन जनाको मृत्यु


२८ असार २०७६, शनिबार
bhojpur 1

भोजपुर, २८ असार । लगातारको वर्षासँगै खसेको पहिरोले घर पुरिंदा भोजपुरमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा कुमार राईको घर पहिरोले पुर्दा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोमा पुरिएर घरमा बसिरहेका राईका श्रीमती र दुई छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिएका छन् । पहिरो गएका बेला कुमार राई भने घरमा नभएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय नागरिकले शव निकाल्न नसकेपछि एक्स्काभेटरको सहयोगमा शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७