तस्बिरमा नयाँ विश्व विजेता इंग्ल्यान्डको खुसी


३० असार २०७६, सोमबार
Cricket World Cup champions

काठमाडौं, २९ असार :  आयोजक इंग्ल्यान्ड क्रिकेटको नयाँ विश्व विजेता बनेको छ । न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक विश्व च्याम्पियन बनेको हो ।

निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेर न्युजिल्यान्ड पराजित गर्दै उपाधि उचालेको हो । न्यूजिल्यान्डले दिएको २ सय ४१ रनको चुनौती पछ्याउँदै सबै विकेट गुमाएर २४१ रन नै बनाएको थियो। त्यसपछि खेल सुपर ओभरमा गयो । सुपर ओभरमा पनि बराबर रन भएपछि न्युजिल्यान्डले वान ओभर इलिमिनेटरको आधारमा उपाधि जितेको हो ।

सुपर ओभरमा इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए भने न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गरे । स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौकासहित ७ रन जोडे ।

Eoin Morgan lifts the Cricket World Cup alongside his England team mates inside a packed out Lords England win world cup 1 england vs new zealand england vs new zealand final England team England lift the Cricket World Cup trophy after being crowned as champions for the first time in their history England have been crowned as Cricket World Cup champions after overcoming New Zealand in a dramatic Super Over From left to right Jonny Bairstow Jos Buttler Chris Woakes and Liam Plunkett spark wild celebrations after their victory England win world cup

इंग्ल्यान्डलाई उपाधि दिलाउन बेन स्टोक्स र जोस बटलरले अर्धशतक पार गरे । ९८ बल खेलका स्टोक्सले ५ चौका र २ छक्काको सहयोगमा ८४ रन बनाए । ६० बल खेलेका बटलरले ६ सहित ५९ रन बनाए ।

इंग्ल्यान्ड जोन्नी बेयरिस्टो ३६ रन जोड्दा जेसन रोयल १७ र लियाम प्लंकेटले १० रनको योगदान गरे । बलिङतर्फ न्युजिल्यान्डका लागि ल्युक फर्गुसन र जिम्मी निशमले समान तीन–तीन विकेट लिए । त्यस्तै न्युजिल्यान्डका म्याट हेनरी र कोलिन डी ग्राण्डहोमले एक–एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डका लागि हेनरी निकोलसले अर्धशतक बनाएका थिए । ७७ बल खेलेका हेनरीले ४ चौकाको मदतमा ५५ रन बनाए । ओपनर मार्टिन गुप्टील पवेलियन फर्किएपछि कप्तान केन विलियम्सनसँग साझेदारी गरेका निकोलस लियाम प्लंकेटमार्फत बोल्ड भए ।

टोम लाथम अर्धशतक बनाउन ३ रनले चुके । ५६ बल खेलेका लाथमले २ चौका र १ छक्काको मदतमा ४७ रन बनाए । उनी क्रिस वोक्सको बलमा क्याच भए । कप्तान केन विलियम्सनले ३० रनको योगदान दिए । ५३ बल खेलेका कप्तान विलियम्सन २ चौका प्रहार गर्दै प्लंकेटको बलमा जोस बटलरमार्फत क्याच भए । १८ बलको सामना गर्दै १ छक्का र २ चौकाको मदतमा १९ रन बनाएका गुप्टीललाई वोक्सले एलबिडब्लु धराप पारे ।

जेम्स निसमले १९ रन बनाए । प्लंकेटको बलमा जोय रुटमार्फत क्याच भएका निसमले ३ चौका प्रहार गरेका थिए । रोस टेयलर १५ रनमा मार्क वुडको बलमा एलबिडब्लु शिकार भए । १६ रन बनाएका कोलिन डि क्रिस वोक्सको बलमा क्याच भए । म्याट हेनरी ४ रन बनाउँदै जोफ्रा आर्चरको बलमा बोल्ड भए । मिचेल स्यान्टनरले ५ रन बनाउँदा टेन्ट बोल्ड १ रनमा अविजित रहे ।

इङ्ल्यान्डका लियाम प्लंकेट र क्रिस वोक्सले ३–३ विकेट लिए । मार्क वुड र जोफ्रा आर्चरको नाममा एक–एक विकेट रह्यो ।

सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इङ्ल्यान्ड टिम उपविजेतामै सीमित बनेको थियो।पछिल्लो पटक सन् १९९२ मा भएको उपाधि भिडन्तमा इङ्ल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो।

इङ्ल्यान्ड विश्वकपमा चौथो पटक फाइनलमा पुग्दै उपाधि उचाल्न सफल भएको हो। सन् १९९२ का अलावा इङ्ल्यान्ड सन् १९८७ मा अस्ट्रेलियार सन् १९९७९ मा वेस्टइन्डिजविरूद्धको उपाधि भिडन्तमा हार भोगेको थियो। अर्कातिर न्युजिल्यान्डको टिम दोस्रो पटको फाइनल खेलेको हो। सन् २०१५ मा पनि उसले अस्ट्रेलियाविरूद्ध फाइनल हारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७